चिनियाँ राष्ट्रपति सी र नेकपा नेताहरूबीच भेटवार्ता

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीच भेटवार्ता भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरूले होटल सोल्टी पुगेर सीसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा दुई पार्टी र देशको सम्बन्धबारे छलफल भएको बताइएको छ । नेकपा नेतासँगको भेटवार्तापछि नेपाल–चीन द्विपक्षीय वार्तामा सी सहभागी भइरहेका छन् ।

उनी आजै दिउँसो १ बजे स्वदेश फर्कने कार्यतालिका छ ।

भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सहभागी थिए । यस्तै नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भेटमा सहभागी थिए ।