यसकारण कांग्रेसमा प्रभाव जमाउन सफल देउवा !

काठमाडौं । गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र हुँदै पछि कृष्णप्रसाद भट्टराईसहितका नेताको दरिलो भरोसा पाएपछि कांग्रेसमा देउवाले आफ्नो गुटको जालो बिछ्याए ।

आफ्नै बुतामा राजनीतिमा स्थापित उनै देउवाले कोइराला विरासत नै तोडिदिए। चार पटकसम्म प्रधानमन्त्री हुन पुगे । ०५८ मा कांग्रेस फुटाएदेखियता देउवाले आफ्नो समूहलाई प्रभावशाली रूपमा चलाउँदै आएका छन्।

आफ्ना समकक्षी र सिनियर नेताहरूको निधन शीर्ष नेता हुनुको फाइदा पनि उनलाई देखिन्छ। देउवाको टिममा रहेका कुनै पनि नेता उनीभन्दा सिनियर नहुनाको फाइदा उनलाई छ ।

उपभासभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरू गोपालमा श्रेष्ठ, बालकृष्ण खाँडसहितका नेता देउवाभन्दा जुनियर हुन् ।

यसकारण पनि उनलाई यी नेतामाथि प्रभाव जमाउन सहज भएको बताइन्छ । यो विश्लेषण आजको नयाँ पत्रिकामा रमेश सापकोटाले गरेका हुन् ।

असोज २६ आइतबार २०७६