राष्ट्रपतिद्वय सी र भण्डारीबीच शीतलनिवासमा शिष्टाचार भेट

काठमाडौं, २५ असोज । नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

शनिवार अपरान्ह ४ बजेर ४५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी पुगेकी थिइन् ।

राष्ट्रपति सीलाई स्वागतका लागि राष्ट्रपति लगायत उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरू पनि विमानस्थल पुगेका थिए । सीलाई विमानस्थलमै गार्ड अफ अनर दिइएको थियो ।

गार्ड अफ अनरपछि राष्ट्रपति सी सोल्टी होटेल पुगेका थिए । होटेलमा एकछिन आराम गरेपछि सी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटका लागि राष्ट्रपति निवास शीतलनिवास पुगेका हुन् ।