यसरी मनाए भीआईपीले दशैं (तस्बीरमा हेरौ)

२१ असोज, काठमाडौं । हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट शितल निवासमा टीका लगाइन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरे । उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट उनले दशैंको टीका लगाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे २ बजे पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाएका छन् ।त्यसअघि अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुगेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका, जमरा र माला लगाइदिएका थिइन् ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्ना परिवारका सदस्यहरुलाई टिका लगाई दिएर दशैँ मनाएका छन्।


पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् ।

श्रम रोजगार मन्त्री गोकर्ण बिष्टले पनि ९ वर्षपछि गृहजिल्ला गुल्मी आएर आमा ८९ वर्षीया चिन्ताको हातबाट टीका लगाएका छन् । पर्यटनमन्त्री योगेश भट्टराईले पनि आमाको हातको टीका लगाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि दाजुभाउजुको हातकाे टीका लगाएका छन् ।