महरा सभामुख निवासबाट पक्राउ !

काठमाडौं, १९ असोज । यौन दूराचारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले सभाामु निवासबाट पक्राउ गरेको हो । पक्राउ परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया आइतवारबाटै थाल्ने भएको छ ।

पक्राउ परेसँगै उनको संसद पद पनि निलम्वनमा परेको छ । यसअघी उनले सभामुख पदबाट दिएको राजिनामा स्विकृत भइसकेको छ।

काठमाडौं जिल्ला अदालतले आइतबार महराविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।