लिगलिग पालुङ्टार बिकास प्रतिष्ठानकाे कार्यक्रममा कसले के भने ?(भिडियोसहित)

काठमाडौं, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अब कुनै राजनीतिक तर्क गरेर देश र जनताको समृद्धिबाट उम्कने छुट नभएको बताएका छन् ।

लिगलिग-पालुङ्टार विकास प्रतिस्ठानले राजधानीमा आयोजना गरेको अन्तरकिर्या कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

नेता श्रेष्ठले हिजो निरंकुश राजतन्त्र नेपालको विकासको बाधक भएको भन्दै हामीले राजतन्त्र फालेर गणतन्त्र ल्यायौ भन्दै अब पनि विकास नहुने हो भने त्यसको सम्पुर्ण दोष हाम्रो हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै साम्सद चुडामणि खड्काले गोरखा जिल्लालाई विकासको नमुना जिल्लाको रूपमा आगाडी बढाउन यो सस्थाले महत्त्वपूर्ण भुमिका खेल्ने विस्वास व्यक्त गरे ।

नेकपाका युवा नेता लेखनाथ न्यौपानेले विकास भनेको भौतिक मात्र नभएर नैतिक पनि हुने भन्दै अहिलेको विकास मोडलले जनतालाई सडकमा पुर्याउने दाबी गरे । नेताहरु व्यक्तिवादी हुँदै गएको भन्दै कुनै पनि भौतिक विकास निर्माणको काममा पार्टीको नभइ नेताको नाम जोडिनु दु:खद भएको बताएका छन् ।

कार्यक्रममा गोरखाका पुराना कम्युनिष्ट नेता वाचस्पती देवकोटाले अहिले जनताले काम खोजेको तर नेताले भने कुरा मात्र गरेको बताए ।

कार्यक्रममा गोरखाको बिकासको सन्दर्भमा बिज्ञहरुले आफ्नो धारामा राखेका थिए ।