रबि मर्न लागेका छन् र बचाउ अभियान खोल्न ?

म आफुलाई एक प्रस्ट ब्याक्ति भन्न रूचाउछु। म कसैलाई छलछाम र तिकडमबाजी गरेको मन पर्दैन। र कसैले कसैमाथी गर्छ भने पनि प्रतिबादमा उत्रने गर्छु। कसैको चाकडी र बिरोध गरेर आफ्नो ईस्तर उन्नति हुन्छ भन्नेमा म बिस्वास गर्दिन। तर पछिल्लो समय समाजिक सन्जालमा मेले गरेका पोष्टहरू र ईनबक्समा आउने गरेका केहि अमुख पात्रहरूका आलोचनात्मक र अभद्र प्रकारका टीप्पणीहरूले मलाई अचम्म लाग्ने गरेको छ।

प्रसॅग हो अहिले जल्दबल्दो रूपमा उठिरहेको पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरण। केहि दिन पहिला चितवानको भरतपुर महानगर पालिका १ पोखरा बसपार्कमा अबस्थित होटल कंगारूमा माउन्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनिले news24 का कार्यक्रम प्रस्तोता रबि लामिछानेको अपमान र पेलानका कारण आफुले देह त्याग गरेको भिडियो बाहिरि सकेपछि हाम्रो समाज र सामाजिक सन्जालमा बिभिन्न पक्ष र बिपक्षका बहसहरू सिर्जना भए।

त्यसै क्रममा मैले पनि आफ्नो मत सार्बजनिक गरेको थिए। त्यहि मतलाई आधार मानेर केहि पात्रहरूले म माथि गरेको टीप्पणी झोले,हनुमान,दलाल आदि ईत्यादि मलाई अचम्म लाग्यो। एउटा स्वतन्त्र बिचार बोकेर कसैको राम्रो कामलाई प्रोत्साहन र नराम्रो कामलाई दुरूत्हसाहन गर्ने म। कसैको अन्याय अत्यचारलाई कोठे बैठक होस वा बाहिर सामाजिक सन्जालमा खरो प्रतिबाद गर्ने म। भ्रष्ट दलाल र बिचौलियाको भण्डाफोर गर्ने म। अनि कसरी झोले,हनुमा,र दलाला भए।

आफुले आफैलाई प्रस्न गर्न मन लाग्यो। पत्रकार पुडासैनी कॅगारू होटलको एक बन्द कोठामा केहि समय पहिला आफुले सॅसार छोड्नुको कारण सहितको भिडियो मोबाईलमा कैद गरेर छोडेका थिए। उनको मर्नुको कारण आफ्नो ईच्छा होईन भन्ने कुरा त्यो भिडियोले प्रमाणित गर्छ। भिडियोमा भने जस्तै यदि सालिकराम लाई मर्न बाध्य बानाउने रबि लामिछने र उनको टीम हो भने रबि र उनको टीमलाई कानुन बमोजिम हदै सम्मको कार्बाहि गर। यदि होईन अरू नै कसैले हत्या नै गरेको हो भने पनि निष्पक्ष रूपमा छानबिन गरि कडा भन्दा कडा सजाए दिई मृतक शालिकरामको आत्मालाई शान्ति र पिडित परिवारलाई न्यायको अनुभुति दिलाउ भन्दा म रबि बिरोधि भए। रबि अहिले हिरासतमा छन। आम मानिषलाई रबि लामिछाने नै दोषि हुन। भन्ने अधिकार छैन।

रबि लामिछाने उनी छानबिनको प्रक्रिया छन। उनि दोषि हुन कि होईनन त्यो अनुसन्धानले बताउने कुरा हो। घटना घटिसके पछि यदि राज्यले चाहेमा सॅकास्पद लागेका जो कोहिलाई नियन्त्रणमा लिन सक्छ। चाहे प्रधानमन्त्री नै किन नहोस बिश्वमा यस्ता उदाहरणहरू थुप्रै छन बहाल वाला प्रधानमन्त्री मन्त्री जेलगएका छन भने नाथे रबि लाबिछाने कुन लोकबाट आएको भगवान होर राज्य र कानुन भन्दा माथि हुनलाई जाबो पाच दिन हिरासत बस्दा चितवनको प्रचण्ड गर्मीको कुनै प्रबाह नगरी हजारौ हजार हजारौ हजार मान्छेको ताती छन। रबि लामिछाने बचाउ अभियान पनि खोलिएको छ रे।

(के रबि मर्न लगेका छन र बचाउ अभियान खोल्न)तर देशको लागि केहि गरौ भन्ने उर्जासिल एक लक्का जवान २७ बर्षे केटो कोहिबाट मारिदा उसको परिवारलाई न्याय देउभन्दा रबिका भक्तहरूको नजरमा म कसरी झोले देखिए। निर्मला पन्त बलत्कार भई मारिदा ठुला ठुला पोष्टर बनाएर छातिमा टासी के पी बादलका आमा बहिनी छोरि सॅग तुलाना गर्ने तिमीहरू नै होईनौ?

तर आज सालिकराम पुडासैनिको श्रीमतिको सिन्दुर चुरा खोसिदा तिनै निर्मलाको प्ले कार्ड बोक्ने १६ बर्षे ठिटीहरू चितवनको ४० डिग्री तापक्रमको गर्मीमा पनि बेलि डान्स गरिरहेका छन। नौ महिना कोखमा राखी दश धारा दुध खुवाएर हुर्काएको छोरो सॅसार छोडेर जादा शालिकरामको आमा भाबबिवह्वल अबस्थामा हुदा ५० नाघेका बुढी आमाहरू सात हातको जिब्रो निकालेर रबि लामिछानेको भबिष्यबाणीको नाटक गर्दै आफुलाई महान माताको रूपमा दर्ज गरिरहेका छन।

शालिकरामको बाबु बुढेसकालमा आफ्नो उत्तराधिकारी २७ बर्षे लक्का जवान छोरोको गुमाउनुको सोकमा डुबिरहेको बेला ७५ नाघेर कोप्रिएका बुढाहरू चितवनको चर्को घाम मा आफ्नो प्रेसर बडाईरहेका छन। यति भन्नुको मतलब मैले रबि लामिछाने जेल जानु पर्छ भनेको होईन। उनि नै अन्तिम दोषी हुन भनेको पनि छैन। र को दोषी र को निर्दोष त्यो अनुसन्धानले बताउला तर रबि लामिछाने को समर्थनमा जति पनि मान्छेहरू चितवनमा उर्लिएका छन।

ति सबै मानिसहरूको आवाज रबि लाई हिरासत मुक्त गर्न भन्दा पनि सत्यतथ्य छानबिन गरि स्वतन्त्र र निष्पक्ष न्यायाको लागी हजारौको आवाजहरूलाई एकताबद्ध गर्ने हो भने पिडितले न्याय र बास्तबिक पिडकले सजाए अबस्य पाउने नै थिए।