खानेहरुले खाए नेताका मलद्वार कोट्याएर: गजल

के गर्न खोज्दैछौ तिमी बेकार कोट्याएर ?
कि निस्कन्छ भन अदुवा बेसार कोट्याएर ।

जरा नै उखेल्न सक्नुपर्छ गल लगाएर बरु ।
सोच्छौ तिमी सकिन्छ यो भ्रष्टाचार कोट्याएर ।

ऊ बारुद बोकेर हिंडेको सलाईको काँटी हो ।
सरकार बनाउदै छ खुद खुंखार कोट्याएर ।

भोकै रहनुपर्छ हामी त माटो खोस्रिएर पनि ।
खानेहरुले खाए नेताका मलद्वार कोट्याएर ।

पैसाको भारी हाल्नुपर्छ यो समृद्ध नेपाल हो ।
फर्किन्छ घर नसोच एक हजार कोट्याएर ।

आर सी संकल्प