समस्या सुधार नभयसम्म निरन्तर खवरदारि गर्छौ : सापकोटा

६ असोज पोखरा । पुर्व अखिल क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटाको नेतृत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुुर थापा सहित तीन जनालाई बिरामी सहितको एक टोलीले करिव पाँच घण्टा नियन्त्रणमा लिएर छोडेका छन् ।

सोमबार बिरामी सहितको एक टोली र विद्यार्थीहरुले भिसी थापा सहित डिन डा. नरेन्द्र गुरुङ तथा निमित्त निर्देशक डा. राजेश अधिकारीलाई नियन्त्रणमा लिएर सोही अस्पतालमा साधारण विरामी सरह टिकट काटेर स्वास्थ्य चेकजाँच गराउन समेत बाध्य बनाएका हुन् ।

अस्पतालको बेतिथी र लापरवाहीले गर्दा कतिपय सर्वसाधारण बिरामी सरकारी स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै भिसीलाई त्यसको अनुुभुती गराउनको लागि नियन्त्रणमा लिईएको नेता सापकोटाले जनाकती दिएका हुन् ।

अस्पतालमा बिरामीले घण्टौं कुरेर पनि उपचार गर्न नपाउने अवस्था छ । त्यो अवस्थाको अनुभुती गराउनको लागि भिसी, डिन र निर्देशकलाई अनुुभुती गराउनको लागि नियन्त्रणमा लिएका हौँ ।

अस्पतालको सामाजिक सेवा इकाइमा मात्रै होइन फार्मेसीमा समेत सर्वसुलभ औषधिको अभाव छ यस्तो अवस्था कहिले सम्म ? उनले प्रश्न समेत गरे । उनले अस्पतालमा भएको समस्या सुधार नभयसम्म निरन्तर खवरदारि गरिरहने समेत बताए ।