चार कम्युनिष्ट पार्टीको एकता हुदै, एमाले-माओवादी एकताले चुनौती थप्यो (भिडियोसहित)

काठमाडौँ । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि अरु साना कम्युनिष्ट पार्टीले  पनि एकताको पहल सुरु गरेका छन् ।

मोहन बैद्य किरणको नेतृत्वमा रहेको क्रान्तिकारी माओवादी र नेत्रबिक्रम चन्द  विप्लब नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी मात्र नभएर ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन बिक्रम सिंहको मसाल समेत एकताको छलफलमा छन्  ।

के चार कम्युनिष्ट पार्टी एकता गरेर अर्को नया क्रान्तिको तयारी गर्न खोजिएको त होइन प्रश्न उठ्न थालेको छ  । भखरै मात्र क्रान्तिकारी माओवादीको   केन्द्रीय समितिको बैठक समेत सकिएको छ  । यीनै र  यस्तै प्रश्नको उत्तर खोज्ने कोशिस हामीले गरेका छौ ।

आजको राजनितिक बिशेष कार्यक्रममा हामीले क्रान्तिकारी माओवादीका नेता नारायण अधिकारीसँग बुझ्ने कोशिष गरेका छौ । हाम्रा रिपोर्टर विकास भट्टराईले नारायण अधिकारी  निश्चलसँग गरेको कुराकानीको सम्पादित  अंश :