‘भाइरल’ तरकारीवालीले गरिन् विवाह ! को हुन् त दुलाहा ?

केहि समय अगाडी सामाजिक सञ्जालमा भाइरल बनेकी कुसुम श्रेष्ठ ‘तरकारीवाली’ ले लगनगाठो कसेकी छिन् । कुसुम श्रेष्ठले मसीर हिजो ६ गते शुक्रबार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् ।

विगत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी उनीहरुको शुक्रबार विवाह भएको हो । सन् २०१६ मा पर्यटन व्यावसायी रुपचन्द्र महर्जनले गोरखामा तरकारी बोक्दै गरेको अवस्थामा उनको तस्विर कैद गरेका थिए । उनको तस्विर सामाजिक सञ्जालमा छाएपछि राष्ट्रिय सञ्चार माध्यमले समेत समाचारको विषय बनाएका थिए ।

‘विवाह सम्पन्न भएको हो । हामी जन्ती गएर आएका छौँ,’ राजनका मित्र अनिल श्रेष्ठले भने,‘उ कोरिया बसेर आएपछि विवाह गरेको हो ।’