बलिउड सुपरस्टार आमिर खानकी छोरीको यस्तो हर्कत !! सामाजिक संजालमा भाइरल

बलिउडस्टार आमिर खानकी छोरी इरा ‘डेब्यु प्रकोजेक्ट’का कारण चर्चामा छन् ।

‘मेडिया’ नामको नयाँ प्रोजेक्टका लागि उनको नाम समाचारमा छाइरहेको हो । यससँगै पछिल्ला दिनमा सामाजिक सञ्जालमा उनको हर्कतले धेरैलाई चकित तुल्याएको छ ।

हालै उनले इन्स्टाग्राममा पोस्ट् गरेका तस्बिरका कारण उनको चर्चा बढेको छ । उनका ती तस्बिरमाथि धेरैले टिकाटिप्पणी गरेका छन् ।

उनले फोटोसूट गराएका ती तस्बिर असामान्य प्रकृतिका भन्दै धेरैले नकारात्मक टिप्पणी पनि गरेका छन् । फिल्ममा नआउँदै यसरी सामाजिक सञ्जालमा ‘स्टार’ बनेको भन्दै केहीले उनलाई व्यंग्य समेत गरेका छन् ।

इरा आमिरकी पहिलो पत्नी रिना दत्ततर्फकी छोरी हुन् । रिनासँग उनका एक छोरा पनि छन् ।