नेपाली हिरोइनहरुमा गोप्य अंगमा ट्याटु खोप्ने क्रम बढदै ! कस्को ट्याटु कहाँ ?

‘स्त न’को तल्लो भागमा ट्याटु खोपेको तस्बिर सार्वजनिक भएपछि अभिनेत्री साम्राज्ञलक्ष्मी शाह केही समय विवादमा तानिएकी थिइन् ।

उनको उक्त तस्बिर ट्याटु कलाकारले सार्वजनिक गरिदिएको भन्दै केही समय सामाजिक सञ्जालमा आक्रोशित पनि भइन् ।

प्रेमलगायतका विभिन्न विवादमा तानिने साम्राज्ञीको सार्वजनिक भएको त्यो तस्बिरले अधिक चर्चा पाएको थियो । नेपाली फिल्ममा अंग प्रदर्शनको क्रम जति चर्को छ त्यति नै त्यस्ता अंगमा ट्याटु खोप्ने क्रम बढेको छ ।

ढाडदेखि कम्मर र नीजि अंगसम्म नै ट्याटु खोप्ने अर्की अभिनेत्री हुन् प्रियंका कार्की । उनको हातदेखि खुट्टालगायतमा पनि ट्याटु खोपिएका छन् । ट्याटु एउटा रहर भए पनि अभिनेत्री हकमा भने अंग प्रदर्शन गर्ने मेलोमेसो मात्र बनेको छ ।

एक जना कलाकार भन्छन्,‘अभिनयमा लागेका कतिपयले कथाले नमागे पनि ट्याटु खोपेका छन् यो उनीहरुको नीजि मामला हुन सक्छ तर पर्दामा आएपछि, मिडियामा आएपछि चर्चाको विषय बन्नु स्वभाविक हो ।

’५ दशकको उमेरतिर लागेकी अभिनेत्री करिश्मा मानन्धरले क्लिभेजमा ट्याटु खोपेकी छन् । उनको ट्याटु स्पष्ट देखिने गरेको छ । सार्वजनिक कार्यक्रम होस् वा राजनीतिक नै विभिन्न ठाउँमा जाँदा उनी खुलेको पहिरन लगाउँछिन्, ट्याटु प्रस्ट देखिन्छ ।

क्लिभेज देखाउँदा सुन्दरताको प्रतीक नै देखाएको ठान्ने अभिनेत्रीहरूले जति अंग प्रदर्शनको क्रम बढेको छ, त्यति नै गोप्य ठाउँमा ट्याटु खोप्न थालेका छन् ।

कहिलेकाहीँ यस्तै ट्याटु खोपेको, देखाएकोलगायतका विवादका कारण पनि उनीहरु मिडियामा छाइरहने गरेका छन् ।