बिष्णु माझीको बारेमा यस्तो भन्छन् उनलाई लोक दोहोरी क्षेत्रमा ल्याउने लेकाली

१ मंसिर, काठमाडौँ । चर्चित गायीका विष्णु माझीलाई लोक दोहोरी क्षेत्रमा ल्याउने छिमेकी पाल्पा रामपुरका कलाकार नारायण लेकालीले माझीलाई सार्वजनिक गर्नु पर्ने माग राखेका छन् ।

माझीको प्रतिभा थाहा पाएर स्याङ्जास्थीत उहाँको घरमै पुगेर व्यवसायीक रुपमा उनै लेकालीले विष्णु माझीलाई लोक दोहोरी क्षेत्रमा ल्याएका थिए ।

बर्षेनी सयौं गित रेकर्ड गरेपनि सार्वजनिक समारोहमा र प्रत्यक्ष गायनमा लामो समयदेखि देख्न नपाइएकाले उनलाई सार्वजनिक गर्नु पर्ने माग बेला बेलामा उठ्ने गरेको छ ।

नेपाली रेडियो नेटवर्कको युट्युव च्यानलमा गरिएको कुराकानीका क्रममा कलाकार लेकालीले गायीका माझीलाई लोकदोहोरीको व्यवसायीक क्षेत्रमा आफुले ल्याएको भएपनि १५ बर्षदेखि भेट्न, देख्न र फोनमा बोल्न समेत नपाएको गुनासो गरेका छन् ।

उनले कलाकार माझी उन का श्रीमान सुन्दरमणी अधिकारीको मात्रै नभई राष्ट्र र दर्शक श्रोताको समेत सम्पत्ति भएकाले सार्वजनिक रुपमा देख्न भेट्न पाउनु पर्ने माग गरेका हुन् ।

उनले भने , “माझीका बाबु आमाबाट अनुमती र जिम्मा लिएर सांगितिक क्षेत्रमा विष्णुलाई मैले ल्याएको हुँ, तर १५ बर्षदेखि सुन्दरजीले मेरो फोन पनि उठाउनुहुन्न भने विष्णुका बाबु आमालाई पनि केही सहयोग गर्नुभएको छैन ।”

छोरीले करोडौँ कमाउदा समेत बाबुआमा गोठमै बस्नु पर्ने बाध्यता अन्यायपूर्ण भएको कलाकार लेकालीको भनाई छ । उनले सुन्दरमणीले माझीलाई पैसा कमाउनकै लागि पत्नी बनाएर आर्थिक उपार्जनमा मात्रै लगाएको टिप्पणी गरेका छन् ।

माझीका बाबुआमाको अवस्था देख्दा अहिले पनि भक्कानो छुट्ने कलाकार लेकालीले अन्तर्वार्ताका क्रममा बताएका छन् ।

चर्चित कलाकार विष्णु माझीको सांगितीक क्षेत्र प्रवेशको प्रारम्भीक चरणका बारेमा उनलाई यस क्षेत्रमा ल्याउने नारायण लेकालीसँगको कुराकानी लिंकबाट हेर्न सकिन्छ ।

साभार : .radionrn.com