दोहोरो चोटमा नम्रता !

२४ कार्तिक ,काठमाडौँ । नम्रता श्रेष्ठ कम फिल्म खेल्छिन् । राम्रै ब्यानर छान्छिन् । तैपनि फिल्म हिट हुन्न ।

उनको अभिनयले पनि भनेजस्तो प्रशंसा पाउँछ । मौन, मेघा, तान्डब, पर्व, क्यासिक, नोभेम्बर रेन लगायत फ्लप फिल्मको सूची लामो छ । प्रसादले चाहीँ हल्का राहत दियो । कम्तीमा लगानी उठायो ।

त्यसपछि उनले सफलताको स्वाद राख्ने अनुमान थियो, जाइराबाट । यसमा उनको अभिनय मात्र थिएन, लगानी पनि थियो। एक्सन भूमिकामा थिइन । मनग्गे प्रमोसन गरिन् । तर फिल्मले बक्स अफिसमा पूरापूर घुँडा टेक्यो।

हेर्नेले पनि तारिफ गरेनन् । दोहोरो चोटले हुनुपर्छ, नम्रता नयाँ फिल्ममा अनुबन्ध भएकी छैनन । उनी निर्मित सोल सिस्टरले पनि यस्तै नियती झेलेको थियो ।

यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ ।