दशैँमा लाउरे आयो (भिडियोसहित )

१७ असोज ,काठमाडौँ । गोरखाली लोक दोहोरी गायक हरिराम परियार र सीता गुरुङको नयाँ गीत बजारमा आएको छ ।

रबिन लामिछानेको शब्दमा गायक परियार र गायीका गुरुङको मौलिक कोशाली लाउरे आयो बोलको लोक दोहोरी गीतको नयाँ म्युजिक भिडियो आजै मात्र सार्बजानिक भएको हो ।

गायक हरिराम परियार र गायिका सिता गुरुङको स्वरमा सजिएको नयाँ लाउरे आयो बोलको गीतको लय भने गायक परियार को नै रहेको छ ।

विश्वास नेपालको एरेञ्ज रहेको यो गीतमा हरिराम परिवार , शृजना खत्री र बिजय गुरुङको अभिनय देख्न सकिन्छ ।

यो गीतको भिडियो निर्देशन मिलन गुरुङले गरेका छन् भने स-निर्देशन हरिराम परियार कै रहेको छ। सामाजिकपत्रको तर्फबाट सफलताको सुभकामना ।

हेरौ भिडियो