दिपक-दीपाको चलचित्र “छ माया छपक्कै”को ‘हामी पनी नाच्नुपर्छ बिच बिचमा’ (भिडियो सहित)

काठमाडौँ । चलचित्र ‘छ माया छपक्कै’को प्रदर्शन मिति तोकिएको छ ।

यही असोज २४ गते बाछ प्रदर्शनमा आउने चलचित्र छ माया छपक्कैको प्रमोसनका लागी चलचित्र टिम नै व्यस्त रहेको छ । गायक दुर्गेश थापाको यो वर्षको हिट तिज गीत ‘बिच बिचमा’ लाई लिएर टिमले प्रोमोशनल गीत सार्वजनिक गरी प्रचारमा प्रयोग गरिएको हो ।

भिडियोमा गायक, सङ्गीतकार तथा रचनाकार दुर्गेश थापा सहित छ माया छपक्कैका मुख्य कलाकारहरू दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे र सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ ।

फिल्मकी सह निर्देशक दिपाश्री निरौला ड्रमरको भूमिकामा प्रस्तुत भएकी छिन् । रमाइलो टुक्का मिलाएर गाइएको बिच बिचमाको भिडियो पनि रमाइलो बनेको छ । दीपकराज गिरी र दिपाश्री निरौलासँग निर्माता रोहित अधिकारी मिलेर बनाएको छ माया छपक्कै गीत तथा प्रोमो सार्वजनिक भैसकेको छ ।

भिडियो :