शिल्पा बल्ल सार्वजनिक भइन् !

पति छवि ओझाकी प्रथम श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा अदालतमा हालेपछि अभिनेत्री शिल्पा पोखरेल लामो समय भूमिगत थिइन् ।

जिल्ला अदालत काठमाडौँले छवि र शिल्ला दुबैलाई पक्राउ पूर्जी नै जारी गर्यो । अदालत नै पछि लागेपछि एकाएक छायांकनरत फिल्म छाडेर उनी लुकेको हल्ला बजारमा फैलियो ।

धन्न सर्वोच्चले तत्काल पक्राउ नगर्नु भनिदियो र अलि सास आयो उनको । अहिले शिल्पा केही कार्यक्रममा देखा पर्न थालेको खबर आज प्रकाशित हुने शुक्रबार साप्ताहिकले छापेको छ ।

हालै कबड्डीको तेस्रो सिरिजको प्रिमियरमा उनी पनि थिइन् । उनलाई युट्युबरले घेरिहाले । कडा कडा प्रश्नको ओइरो उनीमाथि लाग्यो। तर, उनले भने सामान्य नै उत्तर दिइन् ।