१५ निजि कलेजको अनुमति खारेज, हेरौ कुन-कुन परे ?

२१ कार्तिक ,काठमाडौँ । सरकारले १५ निजि कलेजहरुको सम्बन्धन खारेज गरेको छ ।

शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै दिएको जानकारीअनुसार सरकारी नियमको अवज्ञा गर्ने १५ कलेजको अनुमति खारेज गरिएको हो।

सम्वन्धन खारेज भएका कलेजहरुले धरौटी नबुझाएको, नवीकरणका लागि आवेदन नदिएको, सरकारको सम्पर्कमा नभएको, नवीकरण वापतको दस्तुर नबुझाएको कारण देखाइएको छ ।

सरकारले सरकारी नीति अवज्ञा गर्ने निजि कलेजहरुलाई अनुमति खारेज गर्ने निर्णय लिएको हो। शिक्षा, विज्ञान एवं प्रविधिमन्त्री गीरिराजमणि पोखरेलले यसअघि नै निजि कलेजहरुलाई सरकारी मापदण्डमा आउन निर्देशन दिएका थिए ।

सरकारले लामो गृहकार्यपछि १५ कलेजको अनुमति खारेज गर्ने निर्णय गरेको हो ।

हेर्नुस् कुनकुन परे खारेजीमा

college-list