भन्सार बढाएपछि फेरि उकालो लाग्यो सुनको मूल्य (कति पुग्यो ?)

२५ कार्तिक ,काठमाडौँ । पछिल्लो समय ओरालो लागेको सुनको मूल्य पुनः उकालो लागेको छ ।

सरकारले सुनचाँदीमा भन्सार दर बढाएसँगै बजारमा सुनको मूल्य बढ्न गएको हो । नेपालबाट सुनचाँदी भारतमा गएको आशंकामा सरकारले भन्सार दर वृद्धि गरेको थियाे ।

अर्थ मन्त्रालयका अनुसार सुनमा प्रति १० ग्राम ५ हजार रुपैयाँ भन्सार बढाएर ६ हजार ५ सय रुपैयाँ भन्सार पुर्याएको छ । यो खबर आजको कारोबारमा लक्ष्मी सापकोटाले लेखेका छन् ।

गत शुक्रबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकै दिन तोलामा १ हजार १ सय बढेर प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।