फेरी बढ्यो सुनको मूल्य , कति पुग्यो ?

१५ कात्तिक, काठमाडौं । साताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ ।

आज सुन प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छ । हिजो बिहीबार ७० हजार ५ सय रुपैंयामा कारोबार भएको सुन आज ७ सय रुपैंयाले बढेर ७१ हजार २ सय रुपैंया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ७० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ।

र यो पनि

छठ पर्वको अवसरमा प्रदेश २ सरकारले कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिने भएको छ ।

पछिल्लो हप्ता तिहारको लगातार चार दिन विदा रहेको प्रदेशमा आइतबार छठ पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिन लागेको हो ।

मुख्यगरी यस वर्षको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ ।

यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो । भने २०७४ सालको छठ पर्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो पटक छठ पर्वमा दुई दिन विदा दिएको थियो ।