लगातार घटेको सुनचाँदीको भाउ एक्कासी किन बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा रु ६०० रुपैंयाले बढेको हो ।

मंगलबार प्रतितोला ६९ हजार २०० सय रुपैंयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामका ६०० रुपैंयाँले बढेर तोलाको रु ६९ हजार ८०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजाबी सुनको भाउ ६९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी पनि बढेर तोलाको ८ सय ३५ रुपैयाँ पुगेको छ ।

जानकारी रहोस्, शुक्रबार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ६ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार २ सय रुपैयाँ पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा उतार चढाव आएको कारण नेपाली बजारमा पनि केही मुल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।