आज पनि ह्वात्तै घट्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । केहि दिनदेखि उच्च अंकले बृद्धि भएको सुनचाँदीको मुल्यमा आइतबारदेखि भने निरन्तर गिरावट आएको छ ।

आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य सोमबार पुनः २ सय रुपैयाँले घटेर ७० हजार रुपैयाँ पुगेको छ ।

सोमबार तेजाबी सुनको भाउ पनि आइतबारको तुलनामा २ सय रुपैयाँले घटेर ६९ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी पनि घटेर तोलाको ८ सय ४० रुपैयाँ पुगेको छ ।

जानकारी रहोस्, शुक्रबार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ६ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार २ सय रुपैयाँ पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा उतार चढाव आएको कारण नेपाली बजारमा पनि केही मुल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।