आज साताको पहिलो दिन ह्वात्तै घट्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन अर्थात आइबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

सुन आज तोलामा रु ६०० रुपैंयाँले घटेको हो ।

सुन आइबारबार तोलाको ७० हजार २०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा दुई सय रुपैयाँ घटेर तोलाको ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन तोलाको ६९ हजार ९०० रुपैंयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ

यस्तै, चाँदी पनि घटेर तोलाको ८ सय ४५ रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।