अर्थमन्त्री बन्दै विष्णु पौडेल , अरु को-को बन्दै छन् मन्त्री ?

२६ कार्तिक ,काठमाडौँ । प्रधानमन्त्रीकेपी शर्मा ओलीले अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई हटाएर पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन् ।

आफ्ना विश्वासपात्र मात्र नभएर ओलीको पहिलो कार्यकालमा पौडेलले सफल अर्थमन्त्रीका रुपमा चिनिन्छन् । अर्थतन्त्रका विज्ञ भए पनि खतिवडाले मन्त्री भएपछि काम गर्न नसकेको भन्दै आलोचना हुदै आएको छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न भूमिका खेलेका पौडेल एएकतापछि बनेको नेकपाको महासचिव जिम्मेवारी पाएका छन् ।

नेकपाका अर्का प्रभावशाली नेता घनश्याम भुसाललाई पनि मन्त्री बनाउन आउन प्रस्ताव गरीएको छ । भुसाल ओली सरकारका एक जना प्रखर आलोचक पनि हुन्, जसले केही महिनाअघि बालुवाटारमा उनीसँग लामो वार्ता गरेका थिए।

त्यस्तै अर्थमन्त्रीका आकांक्षी सुरेन्द्र पाण्डेलाई पनि अर्को कुनै महत्वपूर्ण मन्त्रालय दिने सरकारको तयारी गरेको छ । सोमप्रसाद पाण्डे, पार्वत गुरुङ र उपसभामुखबाट शिवमाया तुम्बाहाम्फे पूर्वएमालेबाट मन्त्री बन्ने सूचीमा छन्।

पूर्वमाओवादीबाट मन्त्री बन्ने सूचीमा अग्नि सापकोटा, लेखराज भट्ट, पम्फा भुसाल, रामेश्वर राय यादव, देवेन्द्र पौडेल छन् ।