के. अाई. नेपालको अभियानले महिलाहरूमा धेरै परिवर्तन ल्याएको छ

काठमाडौँ  ।  चेलि कृषी सहकारी संस्थाको आयोजना  र के. अाई. नेपालको सहयोगमा “महिला शसक्तिकरणका लागि उद़घोषण तालिम” संचालन भएको छ ।

कार्यक्रमको उद़घाटन गर्दै देवदह नगर प्रमुख हिरा ब खत्रीले मानव बेचबिखन र लैंगिक हिंसा बिरूद काम गर्दै महिला सशक्तीकरणमा के. अाई. नेपालले लिएको अभियानले देवदहका महिलाहरूमा धेरै परिवर्तन ल्याएको बताएका छन्  । साथै उनले  नगरपालिका सँगै मिलेर काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे  ।

चेली सहकारीका अध्यक्ष साबित्रा बस्यालको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा देबदह नगरपालिका का प्रमुख हिरा खत्रीसहित उपप्रमुख बिध्या लक्ष्मी गसहित ,देबदह न्याय समितीको सदस्य तथा देबदह नगरपालिकाकी जनप्रतिनिधी देबु भट्टराई, के.आई नेपालका निर्देशक इन्द्रराज भट्टराई , के.आई नेपाल रुपन्देही जिल्ला संयोजक उषा गुरुङको समेत उपस्थिति थियोे ।

कार्यक्रममा अाफ्नो शुभकामना मन्तव्य दिंदै निर्देशक भट्टराईले के. अाई नेपालको कार्यक्रमहरू मार्फत समूहको सदस्य हुँदै उपमेयर निर्वाचित हुनुहुने विद्यालक्ष्मी गुरुङ र अन्य महिला नेतृत्वलाई बधाई र शुभकामना दिए  ।

महिला स्वरोजगार र अार्थिक रूपमा सबल हुनसके मात्र हिंसाको अन्त्य हुने भन्दै उहाँले देवदहमा महिलालाई रोजगारमुलक व्यवसायिक तालिहरू संचालन गरिएको एबं अागामी दिनमा समेत निरन्तरता दिने भट्टराईले बताए  ।